फुर्पाको दाबी- हिरोइनलाई बचाउन मिलापत्रमा सही गरेँ (भिडिओ) – Nepal Press

फुर्पाको दाबी- हिरोइनलाई बचाउन मिलापत्रमा सही गरेँ (भिडिओ)

काठमाडौं । ‘ब्याड टच’ प्रकरणमा नायिका मिरुना मगर र आरोपी फुर्पा लामाबीच मिलापत्र भइसकेको छ । तर, अझै पनि यो प्रकरण सेलाएको छैन ।

फुर्पाले आफ्नो गल्ती स्वीकार्दै मिरुनासँग क्षमायाचना गरेपछि दुई पक्षबीच मिलापत्र भएको थियो । मिरुनाले मिलापत्रमा आफ्नो भाइ सम्झेर फुर्पालाई माफी दिएको उल्लेख गरेकी छन् । उत्पन्न अप्रिय परिस्थितिप्रति स्वयम्‌ले पनि क्षमायाचना गरेकी छन् ।

आरोपी फुर्पाले प्रहरीसँग गल्ती स्वीकारेको भए पनि बाहिर निस्केर भने आफू निर्दोष भएको दाबी गरिरहेका छन् । हालै उनको एउटा भिडिओ सार्वजनिक भएको छ । कामी शेर्पा नामक बुद्धधर्मका एक अगुवाले फुर्पासँग भिडिओ च्याट गरेका थिए । उक्त कुराकानीमा फुर्पाले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । मिरुनालाई नियतवस नभइ भीडभाडमा झुक्किएर छुन पुगेको उनको दाबी छ ।

साथै, उनले मिरुनासँगको मिलापत्र पनि दबाबमा गरेको दाबी गरेका छन् । नायिकालाई मानिसहरूले नराम्रो नभनुनन् भनेर आफूले मिलापत्रमा हस्ताक्षर गरिदिएको उनको भनाइ छ ।

फुर्पाको भनाइ जस्ताको तस्तैः

त्यस दिन म फिल्म हेर्न गएको थिएँ । फिल्म सकिएपछि सेलिब्रिटीहरू आए । म पनि सेलिब्रिटी हेर्न गएँ । एकदम भीड थियो । मलाई मनदेखि फोटो खिच्न मन लाग्यो । सेलिब्रिटीसँग फोटो खिच्न बेलाबेला मात्र पाउँछ । त्यहाँ त्यो केटी भेटियो । सबैले उसित फोटो खिचिरहेका थिए । मलाई त्यो केटी हिरोइन हो भन्ने थाहा थिएन । मैले पनि फोटो खिचेँ ।

खिचिसकेर यता फर्केको थिएँ । धकेलाधकेल हुँदा हात यस्तो भएको थियो… मिस्टेकले लाग्यो । उहाँले एक थप्पड हान्यो । मैले सरी भनेँ । मान्छेलाई सरी भन्नुपर्छ नि त । सरी… सरी… भनेँ । मलाई डर लागेको थियो । मेरो अरु मान्छे देखिनँ । त्यसपछि त्यहाँबाट जान लागेँ ।
उता गएपछि साथीहरू भेटेँ । उनीहरूले जाउँ जाउँ भनेर हिँडे । लिफ्टबाट झर्न लाग्दा माथिबाट एउटा मान्छे कुदेर आयो । मलाई त्यहीँ समातेर माथि लिएर गयो । त्यहाँबाट थानामा लग्यो ।

थानाभित्र मलाई कुटपिट त गरेन । तर, म एकदम नर्भसमा थियो । धेरै डर लागेको थियो । के हुन्छ भनेर केही थाहा थिएन । म कहिले निस्किन्छु भन्ने मात्रै थियो दिमागमा ।

त्यो कागज गरेको चाहिँ थानामा होइन । अन्तै हो । कसरी मिल्ने भनेर कुराकानी भएको थियो । धेरै समयसम्म कुराकानी हुँदाखेरि हामीले चाहिँ ‘मिसअन्डरस्ट्यान्डिङ’ भएकोमा दुवैले माफी माग्ने भनेर कुरा गरेका थियौं । तर, हिरोइनले मानेन । उसले मलाई मान्छेहरूले नराम्रो भनिरहेको छ, त्यस्तो लेख्यो भने झन् गाली गर्छ भन्यो र रोयो । यो शब्दमा धेरैबेरसम्म विवाद भयो ।

हामीले मिलापत्र गरेको कागज नपठाएसम्म फिल्म पनि चल्न नदिने भनेर कुरा आइरहेको थियो । त्यसैले कागज गर्नैपर्छ भनेर सबैजनाले प्रेसर दियो ।

मैले हिरोइनलाई अरुले नराम्रो नभनोस् भनेर उसलाई बचाउनका लागि त्यसमा सही गरेको हो । मलाई पढ्न-लेख्न आउँदैन । अरुले पढेर सुनाउनुभएको थियो ।

प्रतिक्रिया

One thought on “फुर्पाको दाबी- हिरोइनलाई बचाउन मिलापत्रमा सही गरेँ (भिडिओ)

  1. लामा दाई निर्दोश हुनुन्छ भनि हामिलाई बिश्वास थियो। भिडभाड को कारन ले एउटा सानो misundrestanding भको थियो।
    नाये पाउनु पर्छ लामा दै ले (Justic for Furba lama dai)

Leave a Reply

Your email address will not be published. Required fields are marked *