२९,९९९ रुपैयाँमा पाइने भिभो वाई ३३ एसका यस्ता छन् विशेषता – Nepal Press

२९,९९९ रुपैयाँमा पाइने भिभो वाई ३३ एसका यस्ता छन् विशेषता

काठमाडौं । स्मार्टफोन अहिले हाम्रो व्यक्तित्व झल्काउने माध्यम र जीवनशैलीको एक महत्वपूर्ण हिस्सा बनिरहेको छ । अग्रणी विश्वव्यापी स्मार्टफोन ब्रान्ड भिभोले प्रयोगकर्ताको जीवनमा स्मार्टफोनको महत्वलाई महसुस गरेको छ । उनीहरुको आवश्यकताअनुरूप नयाँ उत्पादनहरू निरन्तर रूपमा आविस्कार र सिर्जना गर्दै प्रत्येक उत्पादनसँग प्रयोगकर्ताको अनुभव बढाउन लागि परिरहेको छ ।

पछिल्लो संस्करण भिभो वाई ३३ एसको डिजाइन, क्यामेरा, स्टोरेज र ब्याट्री जस्ता पक्षहरूको सन्दर्भमा प्रयोगकर्ताहरुको मन जित्न सफल भएको कम्पनीको दाबी रहको छ । वाई ३३ एसले मिड–रेन्ज सेग्मेन्टमा उपभोक्ताको अपेक्षा पूरा गर्ने शीर्ष ५ कारणहरू यस प्रकार छन्ः

१) सानदार क्यामेरा सेटअपः वाई ३३ एसमा ५० एमपीको रियर क्यामेरा छ, जसलाई २ एमपी बोकेह क्यामेरा र २ एमपी सुपर म्याक्रो क्यामेराले सपोर्ट गरेको छ । यसमा ५० एमपी रियर क्यामेरा सेन्सर छ । जसले जुम इन वा क्रप गर्दा पनि तस्वीरको गुणस्तर कम नगरी स्पष्ट तस्वीरहरु खिच्छ ।

२) प्रिमियम डिजाइनः वाई ३३ एसले बिलासी र प्रिमियम अनुभूतिको साथ स्लिम र ट्रेंडी डिजाइन प्रदान गर्दछ । यो १८२ ग्राम तौल भएको उपकरण हलुका छ र बोक्दा आरामदायी अनुमति दिन्छ ।

मिरर ब्ल्याकः पछिल्लो डबल लेयर कोटिंग प्रविधिले यसको कालो रंगमा चमक थप्छ । यसलाई हेर्दा प्रकाश, छायाँ, टेक्सचर र अनन्त चमकभित्र लुकेको संसार पत्ता लगाउन सकिन्छ ।

मिडडे ड्रीमः ओरेन्ज र ब्लू ढाँचाको एक आकर्षक चमकमा आधारित मिडडे ड्रीममा एजी टेक्स्चरको अनुभूति गर्न सकिन्छ । यसमा लिक्विड क्रिस्टल कोटिंगले स्मुथनेस थप्छ र फोनलाई फिंगरप्रिन्टरहित ।बनाउँछ । वाई ३३ एसको साइड पावर बटन आफैमा एक बलियो फिंगरप्रिन्ट स्क्यानर पनि हो । यसमा फोन अनलक गर्न फेस वेक पनि छ ।

३) ब्याट्री ब्याकअपः वाई ३३ एसमा ५००० एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज छ । जसले उपभोक्ताको सबै ब्याट्रीसँग सम्बन्धित समस्याहरूलाई समाधान गर्छ । स्मार्टफोनमा तीन शक्तिशाली रणनीतिहरू छन्ः ५००० एमएएच (टाइप) ब्याट्री, १८ वाट फास्ट चार्ज र भिभो इनर्जी गार्डिएन ।

४) विशाल स्टोरेजः यस स्मार्टफोन ८जीबी र्‍याम छ । जुन एक्स्टेन्डेड र्‍याम २.० को साथ आउँछ र रोमको निष्क्रिय स्पेस प्रयोग गरेर ४ जीबीसम्म विस्तार गर्न अनुमति दिन्छ र एपहरुबीच स्विच गर्दा सहज र ल्याग मुक्त बनाउँछ ।

५) उत्कृष्ट डिस्प्लेः यस स्मार्टफोनमा ६.५८ इन्च एफएचडी प्लस इन-सेल डिस्प्ले छ । जसले उज्यालो रङहरू र जीवन्त विवरणहरू प्रदान गर्दछ । यस फोनले समग्रमा निर्बाध र उत्कृष्ट अनुभव प्रदान गर्छ र गेम खेल्दा होस् वा चलचित्र हेर्दा होस् निर्विवाद स्पष्टता प्रदान गर्दछ । यसको बिल्ट-इन ब्लू लाइट फिल्टरले प्रयोगकर्ताको आँखालाई सुरक्षा प्रदान गर्दछ ।

वाई ३३ एसको मूल्य २९ हजार ९९९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *