होटलमा एक पटकमात्र प्रयोग गर्न मिल्ने प्लास्टिकलाई प्रयोग नगर्ने अभियान सुरु – Nepal Press

होटलमा एक पटकमात्र प्रयोग गर्न मिल्ने प्लास्टिकलाई प्रयोग नगर्ने अभियान सुरु

काठमाडौं । देशभरका होटलले अब एक पटकमात्र प्रयोग गर्न मिल्ने प्लास्टिकलाई प्रयोग नगर्ने अभियान सुरु गरेको छ । होटल संघ नेपाल (हान) ले बुधबार एक कार्यक्रम गरी होटलका कोठामा कम भन्दा कम प्लास्टिकजन्य सामानको प्रयोग होस् र क्रमशः घटाउँदै दीर्घकालमा सकेसम्म प्लास्टिकजन्य सामग्रीहरु प्रयोग नहोस् भन्ने अभियान शुरु गरेको हो ।

यस कार्यले नेपाली होटल उद्योग र समग्र राष्ट्रको वातावरण संरक्षणमा सकेको योगदान पुग्ने संघको भनाइ छ ।कोभिड पछिको पर्यटनलाई लयमा फर्काउने उद्देश्यले संघले होटलका कोठाहरुमा दैनिक रुपमा प्रयोग हुने प्लास्टिकजन्य वस्तुलाई न्यूनीकरण गर्न अभियान सुरु गरेको हानका प्रथम महासचिव विनायक शाहले बताए ।

उनले भने,‘विश्वलाई नै आक्रान्त बनाउँदै गएको जलवायु परिवर्तनलाई न्यूनीकरण गरी मुलुकको पर्यटन वातावरणमैत्री रहेको विश्वमाझ प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा जोड दिने उद्देश्यले होटल संघ नेपालले आफ्ना सदस्य होटलहरुको कोठामा प्रयोग हुने प्लास्टिकजन्य वस्तुहरुलाई निरुत्साहित गर्दै हरित पर्यटनलाई बढावा दिने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो ।’

होटलमाएक पटक प्रयोग हुने वा डिस्पोजेबल प्लास्टिक, तिनीहरूलाई फ्याँक्नु अघि एक पटक मात्रप्रयोग गरिन्छ । यी वस्तुहरू प्लास्टिकको झोला, स्ट्र, कफी स्टिरर, सोडा र पानीका बोतलहरू र प्याकेजिङ जस्ता वस्तुहरुरहेका छन् ।

होटलका कोठामा प्रयोग हुने प्लास्टिकजन्य वस्तुहरुलाई न्यूनीकरण गरी विश्वव्यापी रूपमा हरित आतिथ्यता उद्योगको परिकल्पना गरिएको उनको भनाइ छ । यसलाई निरन्तरता दिँदै होटल संघ नेपालले वातावरणीय दिगोपनाका लागि होटेलका कोठाहरूमा एकल प्रयोग हुने प्लास्टिक वस्तुहरूको विकल्प खोजेको छ ।

संघले आफ्ना क्षेत्रीय संघका अध्यक्षहरू र कार्यकारी समितिका सदस्यहरूसँग एक कार्यशाला आयोजना गरेर वैकल्पिक उत्पादनहरू प्रदर्शन गरी सचेतना फैलाउने प्रतिबद्धता गरेको छ ।

सोही अभियानलाई केन्द्रित गरी कमभन्दा कम लागतमा पाहुनाहरुलाई सत्कार गरी वातावरणीय अनुकुलतालाई प्राथमिकतामा राखी पर्यापर्यटनमैत्री उत्पादनहरुको प्रयोगलाई अगाडि बढाइएको छ । उनले भने,‘यो हामीले गरेको सानो पहलाई हाम्रा सदस्यहोटलहरुले मात्र हैन होमस्टे महासंघ र होटल महासंघले पनि यस अभियानलाई साथदिई अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।’

होटलको कोठामा अत्यधिक मात्रामा एक–पटक मात्रै प्रयोगमा आउने सामाग्रीहरूलाई पुनःप्रयोगमा ल्याई दीर्घकालिन रुपमा उपयोग हुने सामग्रीहरु समेत ल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *