प्रदेश १ का खेलकुद प्रशिक्षकहरुलाई क्षमता अभिवृद्धि तालिम सुरु – Nepal Press

प्रदेश १ का खेलकुद प्रशिक्षकहरुलाई क्षमता अभिवृद्धि तालिम सुरु

भेडेटार । प्रदेश १ खेलकुद विकास बोर्डले प्रदेशभरिका विभिन्न खेल विधाका प्रशिक्षकलाई दुईदिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ ।

बोर्डले दिने प्रशिक्षणमा राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षकहरु हिमाल दाहाल, रीतादेवी प्रजापति र हीरादेवी पन्थले सहजीकरण गर्नेछन् ।
बोर्डका सदस्य सचिव हंसराज वाग्लेले प्रशिक्षणले प्रदेशस्तरमा खेलकुदको गतिविधि चलयमान भई दक्ष खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।

उनले सरकारी सेवा सुविधा लिएर पनि प्रशिक्षणमा संलग्न नहुने प्रशिक्षकलाई अब काम नगरी तलबभत्तामात्र लिन छुट नरहेको बताए ।

प्रदेश सामाजिक विकासमन्त्री राजन राईले प्रदेश सरकार खेलकुदको क्षेत्रमा लगानी गर्न तयार रहेकाले अब प्रशिक्षकहरु पनि आफ्नो काममा सशक्त रुपमा लाग्न आग्रह गरे ।

कार्यक्रममा करातेका वरिष्ठ प्रशिक्षक सोवितराज प्रसाईं, कालु मेचे, योगबहादुर राई, चन्द्रकला राई, विचारी तामाङ र एथलेटिक्सका प्रशिक्षक उषा कर्णलाई दीर्घपदक सम्मान गरिएको छ ।

धनकुटाको भेडेटारमा सुरु भएको प्रशिक्षण कार्यक्रममा प्रदेशअन्तर्गत १४ जिल्लाका कूल १२० जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर