एसीसी महिला टी–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिकः नेपालको पहिलो प्रतिद्वन्दी भुटान – Nepal Press

एसीसी महिला टी–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिकः नेपालको पहिलो प्रतिद्वन्दी भुटान

काठमाडौं । एसियन क्रिकेट काउन्सिलले मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ ।

एसीसीले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्दी भुटान रहेको छ । सहभागी टीमलाई एसीसीले दुई समूहमा विभाजन गरेको छ नेपाल, हङकङ, कुवेत भुटान र बराइन समुह ‘बी’ मा रहेका छन् ।

यस्तै, समुह ‘ए’मा मलेसिया, यूएई, ओमान, कतार र सिंगापुर छन् । जुन १७ बाट सुरु हुने खेलमा नेपालले पहिलो दिन भुटानको समान गर्नेछ । यस्तै, दोस्रो खेल जुन १८मा कुवेतसँग, तेस्रो जुन २० मा बराइनसँग र चौथो खेल २१ जुनमा हङकङसँग खेल्नेछ ।

समुह चरणको खेलपछि शीर्ष दुई टीमले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *