सेञ्चुरी बैंकको पथरी र इनरुवामा नयाँ शाखा – Nepal Press

सेञ्चुरी बैंकको पथरी र इनरुवामा नयाँ शाखा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले थप २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ्ग जिल्लाकोे पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा पथरी शाखा र सुनसरी जिल्लाकोे इनरुवा नगरपालिका–१, भगवतीरोडमा इनरुवा शाखा बाट सेवा प्रारम्भ गरेको हो ।

पथरी शाखा बैंकका संचालक समिति सदस्य मनबहादुर राई र पथरी शनिश्चरे नगरपालिकाको मेयर मोहनप्रसाद तुम्वापोले पथरी शाखाको संयुत्त समुद्घाटन गरी सेवा सुरु गरेका हुन् । उक्त कार्यक्रममा बैंकका संचालक समिति सदस्य अभिषेक बर्जचार्य, प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र पथरी शनिश्चरे उद्योग वाणिज्य संघकी उपाध्यक्ष आशा राई लगायतको उपस्थिति रहेको थियो ।

साथै इनरुवा शाखा बैंकका संचालक समिति सदस्य अभिषेक बर्जचार्य र इनरुवा नगरपालिकाको मेयर केदार भण्डारीले संयुत्त समुद्घाटन गरी सेवा सेवा सुरु गरेका हुन् । उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत  मनोज न्यौपाने र प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर लगायतको उपस्थिति रहेको थियो ।

२०७८ चैत्रमसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३।५९ प्रतिशतले बढी हो ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

थप दुई शाखा संचालनमा आएपछि बैंकको कुल शाखा संख्या १४६ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *