पारस र ज्ञानेन्द्रको जर्सी सगरमाथाको शिखरमा – Nepal Press

पारस र ज्ञानेन्द्रको जर्सी सगरमाथाको शिखरमा

काठमाडौं । आरोहीले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानहरु पारस खड्का र ज्ञानेन्द्र मल्लको जर्सी सगरमाथाको शिखरमा पुर्‍याएका छन्।

आरोहीद्वय फुरा छिरिङ शेर्पा र ङ्मीमा टासी शेर्पाले मे ७ मा उनिहरुको जर्सी सगरमाथाको शिखरमा पुर्‍याएका हुन्। पारस र ज्ञानेन्द्रले अन्तर्राष्ट्रिय खेलका क्रममा लगाएको जर्सीलाई सगरमाथाको शिखरमा पुर्‍याइएको जनाइएको छ।

मंगलबार काठमाडौं आईपुगेका आरोहीले केही दिनभित्रै उक्त जर्सी पारस र ज्ञानेन्द्रलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर