फ्रेन्च ओपनबाट बाहिरिए मेड्भेडेभ र सित्सिपास – Nepal Press

फ्रेन्च ओपनबाट बाहिरिए मेड्भेडेभ र सित्सिपास

काठमाडौं । विश्व नम्बर दुई ड्यानियल मेड्भेडेभ र वरियताको चौथो नम्बरका स्टेफेनोस सित्सिपास फ्रेन्च ओपनको चौथो चरणबाट बाहिरिएका छन् ।

पेरिसस्थित रोनाल्ड गारोस कोर्टमा सम्पन्न खेलमा मेड्भेडेभ क्रोयसियन खेलाडी मारिन क्लिकसँग ६-२, ६-३, ६-२ को सोझो सेटमा सहजै पराजित भए ।

यस्तै सित्सिपास १९ वर्षीय डेनिस खेलाडी होल्गर र्‍युनसँग ७-५, ३-६, ६-३ र ६-४ को सेटमा पराजित भए । सित्सिपासलाई स्तब्ध पार्दै होल्गर पहिलो पटक ग्राण्डस्लामको क्वार्टरफाइनल प्रवेश गर्न सफल भए ।

होल्गरले अन्तिम आठमा कास्पेर रुडको सामना गर्नेछन् । रुडले पोल्यान्डका खेलाडी हुबर्ट हुरकार्जलाई पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेका थिए ।

यस्तै क्लिकले क्वार्टरफाइनलमा एन्ड्री रुबलेभको सामना गर्नेछन् । प्रि-क्वार्टरफाइनलमा जान्निक सिन्नेरले पहिलो सेट १-६ र दोस्रो सेट ६-४ ले पराजित हुँदै तेस्रो सेटमा २-० को अवस्थामा रिटायर लिएपछि रुभलेभ क्वार्टरफाइनल प्रवेश गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर