एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता – Nepal Press

एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता

काठमाडौं । एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता भएको छ । सम्झौतापश्चात बैंकका ग्राहकहरुले भारतमा पेटिएम, गुगलपे, फोनपे आदि स्वीकार गर्ने विभिन्न आउटलेटहरूमा खरिद गरिएका सामान र सेवाहरूको भुक्तानी क्यूआरमार्फत गर्न सकिनेछ ।

यसका साथै भारतमा बसोबास गर्ने नेपालीहरूले सीधै एभरेष्ट बैंकको खातामा पैसा पठाउन पनि सक्नेछन् । नेपाल भ्रमण गर्ने भारतीय पर्यटकहरूलाई नेपालमा भुक्तान गर्न पनि सहज हुनेछ । भारतको पञ्जाब नेशनल बैंकसँगको संयुक्त लगानीमा सञ्चालित एभरेष्ट बैंकका हाल लाखौं ग्राहक रहेका छन् ।

बैंकले आफ्ना ११६ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १५० एटीएम तथा आफ्नो फराकिलो विश्वव्यापी नेटवर्कमार्फत अन्तर्राष्ट्रियस्तरको व्यवसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *