‘कबड्डी ४’ की नायिकाविरुद्ध केएल टावर अगाडि प्रदर्शन, फिल्मको पोष्टर जलाइयो (तस्बिरहरु) – Nepal Press

‘कबड्डी ४’ की नायिकाविरुद्ध केएल टावर अगाडि प्रदर्शन, फिल्मको पोष्टर जलाइयो (तस्बिरहरु)

काठमाडौं । ‘कबड्डी ४’ की नायिका मिरुना मगरले निर्दोषलाई फसाउन खोजेको भन्दै प्रदर्शन गरिएको छ । चुच्चेपाटीको केएल टावर अगाडि केही युवाहरूले फिल्मको पोष्टरसमेत जलाए ।

प्रदर्शनमा उत्रेकाहरूले पक्राउ परेका बौद्ध भिक्षुलाई बिनाशर्त रिहा गर्नुपर्ने र नायिकाले माफी माग्नुपर्ने माग राखेका छन् । उनीहरूले अन्यथा ‘कबड्डी ४’ बहिष्कार गर्ने चेतावनीसमेत दिएका थिए ।

मिरुनाले आफूमाथि ब्याड टच गरेको भन्दै तामाङ थरका युवालाई प्रहरीको जिम्मा लगाएकी थिइन् । उनीविरुद्ध प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ । तर, चौतर्फी विरोधपछि उनलाई छाड्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *