हराइरहेको तारा एयरको विमान: सेना भन्छ- भेटियो, प्रहरी भन्छ- अझै अज्ञात छ – Nepal Press

हराइरहेको तारा एयरको विमान: सेना भन्छ- भेटियो, प्रहरी भन्छ- अझै अज्ञात छ

काठमाडौं । नेपाली सेनाले हराइरहेको तारा एयरको विमान फेला परेको जनाएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालले ट्वीटरमार्फत विमान भेटिएको जनाएका हुन् ।

खोजी र उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको र यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् ।

यता प्रहरीले भने विमान अझै अज्ञात रहेको बताएको छ । प्रहरी प्रवक्ता विष्णुकुमार केसीले खोजी जारी रहेको भन्दै जहाज फेला नपरेको बताए ।

पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *