आईपीएलको फाइनलमा आज गुजराज र राजस्थान भिड्दै, यी हुन् अघिल्ला विजेता – Nepal Press

आईपीएलको फाइनलमा आज गुजराज र राजस्थान भिड्दै, यी हुन् अघिल्ला विजेता

नयाँ दिल्ली । १५ औँ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आइतबार गुजराज टाइटन्स र राजस्थान रोयल्स भिड्दैछन् ।

नेपाली समयअनुसार बेलुका सवा ८ बजे सुरु हुने खेल अहमदावादमा हुने छ । पहिलो क्वालिफायरमा राजस्थानमाथि रोमान्चक जित हात पार्दै गुजरात पहिलो सहभागितामै फाइनल पुगेको थियो ।

एलिमिनेटर जित्दै दोस्रो क्वालिफायर पुगेको रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्दै गुजरातले राजस्थानसँग उपाधि भिडन्त तय गरेको हो ।

यसअघि मुम्बई इन्डियन्सले ५ पटक, चेन्नई सुपर किङ्सले चारपटक, कोलकाता नाइट राइडर्सले २ पटक तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जस र राजस्थानले एकएक पटक उपाधि जितेका थिए । राजस्थान सन् २००८ मा सम्पन्न पहिलो संस्करणको विजेता हो । त्यसयता पहिलोपटक फाइनल पुगेको हो । टाइटन्सले राजस्थानविरुद्ध भएका दुई खेल लगातार जितेको छ ।

हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरातमा डेभिड मिलर, रसिद खान, सुबमन जिल, म्याथ्यु वेडजस्ता खेलाडी छन् ।

यस्तै सन्जु सामसनको कप्तानीमा रहेको राजस्थानमा जोस बटलर, ट्रेन्ट बोल्ट, रविचन्द्रन आश्विन, सिमरन हेटमेयरजस्ता खेलाडी रहेका छन् ।

आईपीएलको यो सिजन राजस्थानका बटलर १६ खेलमा चार शतक र ४ अर्धशतकसहित ८२४ रन जोडेर शीर्षस्थानमा छन् । दोस्रो स्थानमा रहेका लखनउ सुपर जायन्ट्सका केएल राहुलले १५ खेलमा २ शतक र ४ अर्धशतकसहित ६१६ रन बनाएका छन् । गुजराजका हार्दिक पान्ड्याले १४ खेलमा ४ अर्धशतकसहित ४५३ रन बनाएका छन् ।

बलिङतर्फ राजस्थानका ज्युभेन्द्र चाहलले १६ खेलमा २६ विकेट लिएर सर्वाधिक विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा रहेका छन् । बैंगलोरका पिन्नाडुएज हसरङ्गा डे सिल्भाको पनि २६ विकेट भए पनि उनी रनरेटका आधारमा शीर्ष स्थानमा छन् । गुजरातमा मोहम्मद सामीले १५ खेलमा १९ विकेट लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर