दुई वर्षभित्र सबै घरमा बिजुली, ऊर्जा क्षेत्रलाई ७५ अर्ब १० करोड – Nepal Press

दुई वर्षभित्र सबै घरमा बिजुली, ऊर्जा क्षेत्रलाई ७५ अर्ब १० करोड

काठमाडौं । सरकारले ऊर्जा क्षेत्र विकासका लागि ७५ अर्ब १० करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी बर्षको बजेट प्रस्तुत गर्दै ऊर्जाका लागि उक्त रकम विनियोजन गरिएको जानकारी गराए । आगामी वर्ष ७१५ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिने र विद्युत प्रशारण लाइन र पूर्वाधार निर्माणका लागि ४३अर्ब विनियोजन गरिएको बजेटमा उल्लेख छ ।

आगामी दुई वर्षमा सबै घरमा बिजुली पुर्‍याइने सरकारको लक्ष्य छ । त्यस्तै एलपी ग्यासमा प्रदान हुँदै आएको अनुदान क्रमश कटौती गर्ने र आगामी साउनभित्र सिंहदरबारबाट ग्यास सिलिण्डर हटाइने अर्थमन्त्री शर्माले बताएका छन् । बुढीगण्डकी जलविद्युत आयोजनाको लगानी मोडालिटी टुंगो लगाउने र स्रोत व्यवस्थापन गरिने बजेटमार्फत योजना सारिएको छ ।

अर्थमन्त्री शर्माले विद्युत प्राधिकरणको सेयर जारी (आईपीओ) प्रक्रिया अघि बढाइने र त्यसरी प्राप्त रकम विद्युत आयोजनामा लगाइने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *