कप्तान मार्सेलोले रियल म्याड्रिड छाड्ने – Nepal Press

कप्तान मार्सेलोले रियल म्याड्रिड छाड्ने

काठमाडाैं । ब्राजिलियन डिफेन्डर मार्सेलोले स्पेनिस क्लब रियल म्याड्रिड छाड्ने घोषणा गरेका छन्। रियलले १४ औँ पटक च्याम्पियन्स लिग उपाधि जितेलगत्तै टोलीका कप्तानसमेत रहेका उनले उक्त घोषणा गरेका हुन्।

मार्सेलो रियल म्याड्रिडका लागि सर्वाधिक उपाधि जित्ने खेलाडी हुन्। उनले स्पेनिस क्लबका लागि २५ वटा उपाधि जितेका छन्। उनी सन् २००७ यता रियल म्याड्रिडका लागि खेलिरहेका छन्। यसबीचमा उनले पाँचपटक युरोपियन च्याम्पियन्स लिग र ६ पटक ला लिगा उपाधि जितेका छन्।

सन् २०१८ मा क्रिस्टियानो रोनाल्डोले छाडेपछि केही धर्मराएको रियलका लागि मार्सेलोले यो सिजन ला लिगा र युरोपियन च्याम्पियन्स लिग दुवैको उपाधि जितेका छन्।

त्यसअघि रोनाल्डोले लगातार तीन सिजन च्याम्पियन्स लिग उपाधि जितेलगत्तै स्पेनिस क्लबबाट बाहिरिने निर्णय लिएका थिए।
मार्सेलोले रियल म्याड्रिडका लागि चारपटक फिफा क्लब विश्वकप, तीनपटक युरोपियन सुपर कप, पाँचपटक स्पेनिस सुपर कप र दुईपटक कोपा डेल रेको पनि उपाधि जितेका छन्।

३४ वर्षीय यी डिफेन्डरले शनिबार राती लिभरपुललाई १(० गोलले हराउँदै उपाधि जितेपछि रियल म्याड्रिडका लागि अन्तिम सिजन भएको बताएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर