क्रिकेट खेलाडीको पारिश्रमिक बढ्यो, कसको कति पुग्यो ? – Nepal Press

क्रिकेट खेलाडीको पारिश्रमिक बढ्यो, कसको कति पुग्यो ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला तथा पुरुष क्रिकेट खेलाडीको पारिश्रमिक बढाएको छ ।

मंगलबार बसेको क्यान बोर्ड बैठकले यही अप्रिल १ देखि लागू हुनेगरी राष्ट्रिय टिमका खेलाडी, मैदान कर्मचारी, मैदान कार्यलय सहयोगी, टीयू मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो ।

सेन्ट्रल कन्ट्याकमा रहेका पुरुष खेलाडीहरूको मासिक १० हजारका रुपामा वृद्धि गरिएको छ ।

यसअघि ‘ए’ ग्रेडका खेलाडीले ५० हजार, ‘बी’ ग्रेडका खेलाडीले ४० हजार र ‘सी’ ग्रेडका पुरुष खेलाडीले ३० हजार पाउँदै आएका थिए । अब बढेको तलब अनुसार पुरुषतर्फ ‘ए’ ग्रेडका खेलाडीले ६० हजार, ‘बी’ ग्रेडका खेलाडीले ५० हजार र ‘सी’ ग्रेडका खेलाडीले ४० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै महिला टिमको ग्रेड ‘सी’ मा रहेका खेलाडीहरूको मासिक ५ हजार, ग्रेड ‘बी’ र ‘ए’ मा रहेकाको ६ हजार वृद्धि गरिएको क्यानले जानकारी दिएको छ ।

यसअघि ‘सी’ ग्रेडका महिला खेलाडीले १० हजार पाउँदै आएका थिए । अब १५ हजार पाउनेछन् । ‘बी’ ग्रेडका खेलाडीले १२ हजारको दरले पाउँदै आएका थिए । अब ‘बी’ ग्रेडमा रहने महिला खेलाडीले १८ हजार पाउनेछन् । ‘ए’ ग्रेडमा रहने खेलाडीले यसअघि १५ हजार पाउँदै आएकोमा आइन्दा मासिक २१ हजारका दरले पाउनेछन् ।

यस्तै, सम्पूर्ण मैदान कर्मचारीहरूको मासिक पारिश्रमिक ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक ५ हजार र टीयू मैदान पिच क्युरेटलको मासिक ६ हजारले बढाइएको छ ।

२०२२ को केन्द्रीय खेलाडी सम्झौता अनुसार कुन ग्रेडमा को छन् ?

पुरुषतर्फ

ग्रेड एः सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी

ग्रेड बीः कुशल भुर्तेल, आसिफ शेख, शरद भेषावकर, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी

ग्रेड सीः कुशल मल्ल, रोहित कुमार पौडेल, कमलसिंह ऐरी, विक्रम सोब, साहब आलम, सुशान भारी र पवन सर्राफ

महिलातर्फ

ग्रेड एः रुविना क्षेत्री बेलबासे, सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी,

ग्रेड बीःसरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे

ग्रेड सीः डली भट्ट, कविता जोशी, संगिता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र विन्दु रावल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर