१६ अंकले बढ्यो बजार, १ अर्ब ८ करोडको कारोबार – Nepal Press

१६ अंकले बढ्यो बजार, १ अर्ब ८ करोडको कारोबार

काठमाडौँ । सेयर बजार आज १६.३२ अंकले बढेको छ । ०.७४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २२१७.१९ अंकमा पुगेको हो । केहि दिनदेखि घटेको बजार आज वृद्धि भएको हो ।

१ अर्ब ८ करोड ८८ लाख ३३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । आज २ सय २४ वटा कम्पनीका ३१ लख ७ सय ३० कित्ता सेयर खरिदविक्री भएको हो ।

आज एनआईसी एशिया लघुवित्तको प्रोमोटर सेयरको सबैभन्दा धेरै कारोबार भएको हो । सो कम्पनीको ४ करोड ८४ लाख ८० हजार ६ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । भने, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै वृद्धि भएको छ । सो कम्पनीको आज ५।९५ प्रतिशत सेयर मूल्य वृद्धि भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *