यू-१७ एसिया कप फुटबल छनोटमा नेपालले थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपेईसँग खेल्ने
नेपाल प्रेस
२०७९ जेठ १० गते १३:२२
काठमाडौं । यू-१७ एसिया कप फुटबलको छनोटको समूह विभाजन गरिएको छ । तालिकाअनुसार समूह एफमा रहेको नेपालले थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपेईसँग खेल्नेछ । नेपाल रहेको समूहको खेल भियतनाममा हुनेछ ।
४४ वटा टिमलाई विभिन्न १० समूहमा विभाजन गरिएको छ । छनोट प्रतियोगिता आगामी अक्टोबर १ देखि ९ तारिखसम्म सञ्चालन हुनेछ र प्रतियोगिताबाट १६ टिम फाइनल चरणका लागि प्रवेश गर्नेछन् ।
प्रतिक्रिया