फ्रेन्च ओपनको पहिलो चरणमै पराजित भइन् ओसाका
नेपाल प्रेस
२०७९ जेठ ९ गते २०:३७
पेरिस । वर्षको दोस्रो ग्रान्ड्स्लाम टेनिस फ्रेन्च ओपनमा यो वर्ष पूर्व विश्व नम्बर एक नाओमी ओसाका पहिलो चरणबाटै बाहिरिएकी छिन् ।
अमान्दा अनिसिमोभाले जापानी मुलकी अमेरिकी ओसाकालाई ७-५ र ६-४ को सोझो सेटमा पराजित गरिन् । गत जनवरीमा अमेरिकी अनिसिमोभाले ओसाकालाई नै अस्ट्रेलियन ओपनको तेस्रो चरणमा पराजित गरेकी थिइन् ।
सन् २०१९ र २०२१ मा अस्ट्रेलियन ओपन र सन् २०१८ र २०२० मा यूएस ओपन जितेकी ओसाकाले हालसम्म फ्रेन्च ओपनमा भने बढीमा तेस्रो चरणसम्म पुगेकी छिन् । विश्व नम्बर एक इगा स्वीयाटेक भने सहजै दोस्रो चरण पुगेकी छिन् ।
प्रतिक्रिया