सिटीलाई प्रिमियर लिगको उपाधि
काठमाडौं । एस्टन भिल्लालाई ३-२ गोलको नतिजामा पराजित गर्दै म्यान्चेस्टर सिटी ईङ्लिस प्रिमियर लिगको च्याम्पियन बनेको छ ।
आइतबार राति भएको सिजन २१-२२ को अन्तिम खेलमा सिटिले उत्कृष्ट पुनरागमन जित निकाल्दै उपाधि उचालेको हो । पहिलो हाफमा १ गोलले पछि परेको सिटी खेलको ६९औं मिनेटमा दुई गोलले पछि परेको थियो ।
खेलको ३७ औं मिनेटमा म्याटि क्यासले गोल गर्दै एस्टन भिल्लालाई सुरुआती अग्रता दिलाएका थिए । फिलिपे कौटिन्होले खेलको ६९ औं मिनेटमा गोल गर्दै एस्टनको अग्रता दोब्बर पारेका थिए ।
खेलको ७६ औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई खेलमा फर्काएका थिए। सिटिका लागि ७८ औं मिनेटमा रोड्रीले बराबरी गोल फर्काए ।
यस्तै , खेलको ८१ औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३(२ को नतिजामा जित दिलाए ।
सिटीले दोस्रो स्थानको लिभरपुललाई १ अंकले पछि पार्दै उपाधि जितेको हो । जितसँगै सिटीले ३८ खेलबाट ९३ अंक जोड्यो । लिभरपुलले समान खेलबाट ९२ अंक जोड्यो । एस्टन ४५ अंक सहित १४औं स्थानमा रह्यो ।