लहान नगरपालिकामा गठबन्धनका मेयर र उपमेयर विजयी – Nepal Press

लहान नगरपालिकामा गठबन्धनका मेयर र उपमेयर विजयी

जनकपुरधाम । सिरहाको लहान नगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार तथा निवर्तमान मेयर मुनी साहलाई ८ हजार बढी मतान्तरले हराउँदै गठबन्धनका उम्मेदवार महेश चौधरी विजयी भएका छन् ।

नेपाली कांग्रेसका चौधरी २० हजार १०५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी एमालेका साह ११ हजार ९६६ मत पाएका छन् ।

लहानमा कांग्रेस, जसपा र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेको थियो । सहमती अनुसार जसपाले उपमेयर पाएको थियो । सो बमोजिम उपमेयरमा जसपाका रामचलितर महतो विजयी भएका छन् ।

महतोले १२ हजार ५६९ मत प्राप्त गरे । उनका निकटम प्रतिस्पर्धी एमालेकी सरियार कुमारी चौधरी ११ हजार ७९० मत पाइन् । चौधरी निवर्तमान उपमेयर हुन् ।

गठबन्धन गर्दा माओवादीलाई वडा २० र २१ को वडाध्यक्षमा सहयोग गर्ने सहमती बनेको थियो । गठबन्धन गर्दापनि वडा २१ मा माओवादीका वडाध्यक्ष उम्मेदवार हेमन्त यादवलाई हराउदै नेकपा एमालेका राजकुमार यादव विजयी भएका छन् ।

यहाँ नेकपा एकिकृत समाजवादी भने गठबन्धन गरेको थिएन । ०७४ को निर्वाचनमा एमाले मेयर र उपमेयर जितेका कारण एकिकृत समाजवादी मेयरमा दावी गरेपछि कांग्रेस, जसपा र माओवादी मात्र गठबन्धन गरेको थियो ।v

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर