शिवराजमा राप्रपाको सरप्राइज : मेयर बने अजय थापा, उपमेयरमा एमालेकी शिवकुमारी – Nepal Press

शिवराजमा राप्रपाको सरप्राइज : मेयर बने अजय थापा, उपमेयरमा एमालेकी शिवकुमारी

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा मेयर जितेर राप्रपाले सरप्राइज दिएको छ । यसअघि नेकपा एमालेले जितेको यो नगरपालिकामा यो पटक उपमेयर शिवकुमारी थारु सोही पदमा दोहोरिएकी छन् ।

मेयरमा राप्रपाका उम्मेदवार अजय थापाले ७,६०२ मत ल्याएर विजयी भए ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार महादेव पोख्रेललाई ४७४ मतान्तरले पराजित गरे । पराजित महादेव पोख्रेलले ७,१२८ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार शिवकुमारी चौधरी ७,९५५ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शारदा कार्कीले ६,१८५ मत ल्याएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर