२३ अंकले घट्यो बजार, १ अर्ब ३० करोडको कारोबार – Nepal Press

२३ अंकले घट्यो बजार, १ अर्ब ३० करोडको कारोबार

काठमाडौँ । आज सेयर बजार २३.५१ अंकले घटेको छ । १.०३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २२५० अंकमा झरेको छ । हिजो सामान्य अंकले सेयर बजार वृद्धि भएको थियो ।

१ अर्ब ३० करोड ९ लाख ८१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । आज २१९ वटा कम्पनीका ३७ लाख ९८ हजार २६३ कित्ता सेयर खरिदबिक्री भएको छ ।

सबैभन्दा धेरै जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्यवृद्धि भएको छ । सो कम्पनीको आज ७.४५ प्रतिशतले सेयर मूल्यवृद्धि भएको हो ।  सबैभन्दा बढी सेयर कारोबार प्रभु बैंकको संस्थापक सेयरको भएको छ । सो बैंकको १२ करोड ८१ लख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *