काठमाडौं अपडेट : साढे ४२ हजार मत गनिसक्दा बालेन ८०४० मतले अगाडि – Nepal Press

काठमाडौं अपडेट : साढे ४२ हजार मत गनिसक्दा बालेन ८०४० मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनाअन्तर्गत अहिलेसम्म ४ वडाको गणना सकिएको छ । ७ वटा वडाको गणना जारी छ । ४२५६९ मत गनिसक्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह निरन्तर अगाडि छन् ।

उनले १६६४७ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापितले ८६०७ मत प्राप्त गरेका छन् । दुईजनाबीचको मतान्तर ८०४० छ ।

तेस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले ७७६७ मत ल्याएकी छन् ।

अहिलेसम्म १, २, ३ र ५ नम्बर वडाको गणना सकिएको छ । वडा नम्बर ४, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना जारी छ । यी वडाहरूमा बालुवाटार, बौद्ध महाकांल, चावहिल-मित्रपार्क, डिल्लीबजार, ज्ञानेश्वर, भीमसेनगोला-शान्तिनगर, कोटेश्वर-जडिबुटी क्षेत्र पर्छन् ।

प्रतिक्रिया

One thought on “काठमाडौं अपडेट : साढे ४२ हजार मत गनिसक्दा बालेन ८०४० मतले अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर