दैलेख आठबीसका कांग्रेस उम्मेदवारले मतगणना नसकिँदै एमालेलाई दिए बधाई – Nepal Press

दैलेख आठबीसका कांग्रेस उम्मेदवारले मतगणना नसकिँदै एमालेलाई दिए बधाई

सुर्खेत । दैलेखको आठबीस नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुखमा उम्मेदवार बनेका प्रेमप्रकाश शाहीले पराजय स्वीकार गर्दै आफ्ना प्रतिस्पर्धी एमालेका तर्कबहादुर बडुवाललाई बधाई दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुमा स्टाटस लैख्दै बडुवाललाई बधाई दिएका हुन् । उनले आफ्नो लडाइँ जातसँग नभइ विचारसँग भएका कारण पराजय भोग्नुपरेको बताएका छन् ।

उनले लेखेका छन्– मेरो लडाइँ विचारको थियो, जातसँग थिएन तर भोगियो । अग्रिम बधाई आदरणीय मामा तर्क बडुवाललाई ।’

आठबीस नगरपालिकाका क्षेत्री समूदाय एक भएका कारण चुनाव हार्नुपरेको उनको बुझाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर