विराटनगर: जिततर्फ लम्किँदै नागेश र शिल्पा, उपमेयर उम्मेदवार नै नभएको रुखमा खस्यो ४, ८३७ मत – Nepal Press

विराटनगर: जिततर्फ लम्किँदै नागेश र शिल्पा, उपमेयर उम्मेदवार नै नभएको रुखमा खस्यो ४, ८३७ मत

विराटनगर । विराटनगर महानगरको मतगणना जारी रहँदा गठबन्धन मेयर नागेश कोइरालाले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनकै उपमेयरका उम्मेदवार अमरेन्द्र यादव भने एमालेकी शिल्पा कार्कीभन्दा पछि परेका छन् ।

हालसम्म ४० हजार २७२ मत गणना भएकोमा नागेशले ३ हजार १०१ मतको अग्रता लिएका हुन् । उनले १२,६७२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका सागर थापाले भने ९५७१ मत मात्र प्राप्त गरेका छन् ।

गठबन्धनका उपमेयर अमरेन्द्र भने एमालेका उम्मेदवार शिल्पा कार्कीभन्दा ४३२५ मतले पछाडि छन् । शिल्पाले ११,०११ मत ल्याउँदा अमरेन्द्रको ६६८७ मत छ । रोचक के भने उपमेयरमा उम्मेदवार नै नभएको नेपाली कांग्रेसको मतदान चिह्न रुखमा ४,८३७ मत खसेको छ ।

गठबन्धन हुँदा जसपाले उपमेयर पाएपछि कांग्रेसकै नेता तथा कार्यकर्ताले विरोध गरेका थिए । मेयरको दौडमा रहेका जसपाका नेता उमेश यादवले पार्टी नै परित्याग गरे । उनले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले ४,०५० मत प्राप्त गरेका छन् ।

महानगरका ६ वटा वडाको मतमणना सम्पन्न भएको छ । सबैका नागेशले अग्रता लिएका छन् । वडा नम्बर १ वडामा नागेशले १८८० मत प्राप्त गर्दा सागरले १६७४ मत ल्याएका छन् । वडा नम्ब २ मा नागेशलाई १३३९ मत र सागरलाई १३३९ मत मिलेको छ ।

त्यस्तै, १६ नम्बर वडामा नागेशले ८०८ मत प्राप्त गर्दा सागरले ५२३ प्राप्त गरेका छन् । १७ नम्बर वडामा नागेशको ११७७ मत छ भने सागरले ६८१ मत ल्याएका छन् ।

त्यसैगरी वडा नम्बर १८ मा नागेशले ७४८ मत प्राप्त गर्दा सागरले ४१८ मत प्राप्त गरेका छन् भने १९ नम्बर वडामा नागेशले ९८९ मत ल्याउँदा सागरले ९८८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर