भरतपुरमा रोकिएको मतगणना अझै सुरू भएन – Nepal Press

भरतपुरमा रोकिएको मतगणना अझै सुरू भएन

चितवन । विवादका कारण रोकिएको भरतपुर महानगरपालिकाको मतगणना अझै सुरू हुन सकेको छैन ।

गणनाका क्रममा स्वस्तिक छापको घेरामात्रै देखिएको मतपत्रबारे विवाद भएपछि मतगणना रोकिएको थियो । नेकपा एमालेका मतगणना प्रतिनिधिहरुले गणनाका क्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले गणकलाई अनावश्यक दवाव दिएको आरोप लगाएका छन् ।

करिब १ घण्टा अगाडिदेखि अवरुद्ध मतगणना प्रक्रिया सुचारु गर्न सहमति प्रयास भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर