भरतपुरमा विजयले मतान्तर बढाए, अहिले कसको कति ? – Nepal Press

भरतपुरमा विजयले मतान्तर बढाए, अहिले कसको कति ?

काठमाडौं । भरतपुर महानगरपालिका मेयरमा नेकपा एमालेका विजय सुवेदीले मतान्तर बढाउँदै लगेका छन् । दिउँसो ३ बजेर २५ मिनेटसम्मको परिणामअनुसार सुवेदी ७० मतले अगाडि छन् ।

विजय सुवेदीले ४६५८ मत प्राप्त गर्दा गठबन्धनबाट माओवादीकी उम्मेदवार रेणु दाहाल ४५८८ मतले पछ्याइरहेकी छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २०५६ मत ल्याएका छन् ।

यहाँ अहिले ४ नम्बर वार्डको गणना भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर