भरतपुरमा एमालेका विजय अगाडि, पछ्याउँदै रेणु – Nepal Press

भरतपुरमा एमालेका विजय अगाडि, पछ्याउँदै रेणु

काठमाडौं । भरतपुर महानगरपालिकामा अहिले बिहान सवा ५ बजेसम्म ९३७० मत गणना सकिएको छ । पछिल्लो विवरण अनुसार मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी १८ मतले अगाडि छन् ।

उनले ३३२४ मत ल्याउँदा गठबन्धनबाट माओवादी उम्मेदवार रेणु दाहालले ३३०६ मत ल्याएर पछ्याइरहेकी छिन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११८७ मत प्राप्त गरे ।

उपमेयरमा चित्रसेन अधिकारीले ३६८८ ल्याउँदा एमालेसँग गठबन्धनमा उम्मेदवार भएकी राप्रपाकी हिमला गुरुङले २६५० मत प्राप्त गरेकी छन् ।

अहिले वडा नम्बर ३ को गणना जारी छ । यहाँ १२७९ मत गनिसकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर