ललितपुरमा मतगणनास्थल थप्ने तयारी – Nepal Press

ललितपुरमा मतगणनास्थल थप्ने तयारी

काठमाडौं । एउटै वडाको मतगणना गर्न २४ घण्टा लागेपछि ललितपुर महानगरपालिकामा गणनास्थल थप्ने तयारी गरिएको छ ।

२, ३ र ४ नम्बर वडाको मतगणना एकसाथ सुरू गर्न लागिएको हो । यसअघि १ नम्बर वडाको मतगणना शनिबार बिहान ९ बजे सुरु भएकोमा आइतबार बिहान मात्र सकिएको थियो । यहाँ १७२६ मत खसेको थियो ।

मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन ८७७ मतसहित अग्रस्थानमा छन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४०२ मत प्राप्त गरेका छन् ।

वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार ६६१ मत ल्याएर निर्वाचित भएका थिए । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट का निर्मलले ६६१ मत ल्याएका छन् । नेपाली कांग्रेसका ४२५ र एमालेका उम्मेदवारले ३५१ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर