राप्रपाले वडा तहमा विजय प्राप्त गरेका १५ स्थान (सूचीसहित) – Nepal Press

राप्रपाले वडा तहमा विजय प्राप्त गरेका १५ स्थान (सूचीसहित)

काठमाडौं । राप्रपाले केही पालिकामा अग्रता र केही पालिकामा कडा प्रतिस्पर्धा गरिरहेको छ । उसले विभिन्न तहका वडामा भने जीत दर्ता गरिसकेको छ ।

राप्रपाले विजय प्राप्त गरेका वडाहरुः
१. कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नं ५ मा अध्यक्ष केशव खत्री र प्यानल विजयी ।
२. कपिलवस्तुको कृष्णनगरमा १ मा अध्यक्ष टुकनाथ चौधरीको प्यानलसहित विजयी ।
३. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं १ मा अध्यक्ष लक्ष्मण मेहता प्यानलसहित निर्वाचित ।
४. रुपन्देहीको रोहिणी गाउँपालिकाको वडा नं १ को अध्यक्षमा अलि पठान (मुक्तर अहमद पठान)को प्यानल निर्वाचित ।
५. चितवनको माडी नगरपालिका वडा नं १ को अध्यक्षमा अमित लामा प्यानलसहित निर्वाचित ।
६. सिद्धार्थनगर नगरपालिका वडा नं २ को अध्यक्षमा छेदीलाल श्रीवास्तव प्यानलसहित निर्वाचित
७. नवलपरासी, रामग्राम १ मा रुद्रप्रसाद सिंह अध्यक्षमा प्यानलै निर्वाचित ।
८. डोटीको केआई सिंह गाउँपालिका वडा नं ७ को अध्यक्षमा दिलबहादुर बलायर प्यानलसहित विजयी ।
९. बैतडीको सुर्नया गाउँपालिका वडा नं २ मा गणेशबहादुर विष्ट प्यानलसहित विजयी ।
१०. पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष उमेश कार्की प्यानलसहित विजयी ।
११. धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ वडा अध्यक्षमा सोनाम तामाङ विजयी ।
१२. रुपहेन्दीको ओमसतियामा बेलबहादुर बराल प्यानलसहित विजयी ।
१३. कञ्चनपुरको दोधारा चाँदनी १ को वडा अध्यक्ष विक्रम चन्दसहित प्यानल विजयी ।
१४. धादिङको खनियाबास वडा नं २ मा अध्यक्ष अरुण तामाङ प्यानलसहित विजयी ।
१५. रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ मा अध्यक्ष अरुण शाही प्यानलसहित विजयी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर