मनाङको नासों गाउँपालिकाको अध्यक्षमा कांग्रेसका धनबहादुर विजयी – Nepal Press

मनाङको नासों गाउँपालिकाको अध्यक्षमा कांग्रेसका धनबहादुर विजयी

मनाङ । मनाङको नासों गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी भएका छन् । उनले ८२० मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मनबहादुर गुरुङले ६४६ मत ल्याए ।

गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका वेदबहादुर गुरुङ विजयी भए । उनले ९१३ मत ल्याए । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार अर्भिन गुरुङले ४९६ मत पाएका छन् ।

मनाङका ४ वटै स्थानीय तहको नतिजा आइसकेको छ । कांग्रेस र एमालेले २-२ पालिकामा अध्यक्ष जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर