काठमाडौं अपडेटः बालेनको अग्रता बढ्यो – Nepal Press

काठमाडौं अपडेटः बालेनको अग्रता बढ्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन् । उनलाई कांग्रेसकी सिर्जना सिंहले पछ्याएकी छन् ।

पछिल्लो विवरण अनुसार १७० भोटको गणना सकिएको छ । जसमा बालेन शाहले ५९ मत ल्याएर अग्रस्थानमा छन् । दोस्रो स्थानामा रहेकी सिर्जनाले ३८ भोट ल्याएकी छन् भने तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितको २२ मत छ ।

खासगरि ३२ नम्बर वडामा बालेनको ठूलो प्रभाव देखिएको छ । यो वडामा ७० भोट गणना हुँदा बालेनलाई ३९ भोट खसेको छ । काग्रेसलाई ९ र एमालेलाई ७ भोट मात्र परेको छ ।

वडा नम्बर १ मा भने सिर्जना र बालेनको कडा प्रतिस्पर्धा छ । यस वडामा सिर्जनाले अहिलेसम्म १०० मत गणना हुँदा र्सिजनाले २९, बालेनले २० र स्थापितले १६ भोट ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर