अपीहिमाल ६ वडामा गठबन्धनबाट माओवादीका उम्मेदवार विजयी, अध्यक्षमा पनि अग्रता – Nepal Press

अपीहिमाल ६ वडामा गठबन्धनबाट माओवादीका उम्मेदवार विजयी, अध्यक्षमा पनि अग्रता

कैलाली । दार्चुलाको अपीहिमाल गाउँपालिका ६ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका धर्मसिंह धामी ९९ मतान्तरले विजयी भएका हुन् ।

उनले ३४७ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका गगनसिंह धामीले २४८ मत ल्याएका थिए । यसअघि वडा नम्बर १ मा पनि गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार पोखरसिंह लोथ्याल विजयी भएका थिए ।

गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका भगतसिंह ठेकरे बोहराले अग्रता बनाइरहेका छन् । उनलाई एमालेका उम्मेदवार उर्मिला बोहराले पच्छाइरहेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर