धुलिखेलमा कांग्रेसले वडा जित्दा मेयरमा कांग्रेसकै वागीको अग्रता – Nepal Press

धुलिखेलमा कांग्रेसले वडा जित्दा मेयरमा कांग्रेसकै वागीको अग्रता

काभ्रे । धुलिखेल नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । वडा अध्यक्षमा कांग्रेस उम्मेदवारले ५ सय ७३ मत ल्याएर जित हासिल गरेका हुन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले ४ सय ६७ मत प्राप्त गरे ।

नगर प्रमुखमा भने स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । जेब्रा चुनाव चिन्ह लिएर उम्मेदवार बनेका विदुर बस्नेतले ५ सय ७२ मत प्राप्त गरेका छन् । प्रमुखमा एमाले उम्मेदवारले ४ सय ६७ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा कांग्रेस उम्मेदवारले ५ सय ८७ मत ल्याउँदा एमाले उम्मेदवारले ४ सय ८२ मत ल्याएका छन् । धुलिखेलको कांग्रेस नगर समितिका सभापति बस्नेतले स्वतन्त्र ९वागी० उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर