गुल्मीमा कांग्रेसले खाता खोल्यो – Nepal Press

गुल्मीमा कांग्रेसले खाता खोल्यो

रूपन्देही । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं २ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा हिराबहादुर थापा ४८२ मतसहित विजयी भएका हुन्।

त्यस्तै रेसुङ्गा नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार खिलध्वज पन्थीले १८२९ मतसहित अग्रता लिएका छन्।

उनलाई नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन्। रेसुङ्गा नगरपालिका वडा नं ३ मा पनि नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा बाबुराम बिजयी भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर