प्रधानमन्त्रीको गृह जिल्लामा कांग्रेसलाई शुरुवाती अग्रता – Nepal Press

प्रधानमन्त्रीको गृह जिल्लामा कांग्रेसलाई शुरुवाती अग्रता

कैलाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली कांग्रेसले शुरुवाती अग्रता कायम गरेको छ ।

डडेल्धुरामा गठबन्धनका दलहरू मित्रवत् प्रतिस्पर्धामा रहेका छन् । एमाले र बिपी कांग्रेसले भने तालमेल गरेर निर्वाचनमा होमिएको छ ।

यहाँको अमरगढी नगरपालिकामा ४०५ मत गणना हुँदा प्रमुखमा कांग्रेसका उम्मेदवारले १९० मत पाएका छन् । बिपी कांग्रेसले १६१ मत पाएको छ । उपप्रमुखमा पनि कांग्रेस अगाडी छ । कांग्रेसले १९४ मत पाउँदा एमालेले १६२ मत पाएको छ ।

माओवादी र एकीकृत समाजवादीले भने दुई अंक पनि भेट्न सकेको छैन। प्रमुखमा माओवादीले ३ मत पाउँदा एकीकृत समाजवादीले ४ मत पाएको छ । उपप्रमुखमा माओवादीले १ मत पाउँदा एकीकृत समाजवादीले ६ मत पाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर