धनगढीमा मतगणना गर्न माग गर्ने युवाहरूमाथि प्रशासनको दमन – Nepal Press

धनगढीमा मतगणना गर्न माग गर्ने युवाहरूमाथि प्रशासनको दमन

कैलाली । धनगढी उप-महानगरपालिकामा मतगणना गर्न माग गर्ने युवाहरू माथि प्रशासनले लाठी चार्ज गरेको छ । राति देखि नै मतगणना हुनु पर्छ भन्दै नारा बाजी गरिरहेका युवाहरूमाथि प्रहरीले एकसाथ लाठी चार्ज गरेको प्रत्यक्षदर्शीले बताए ।

‌धनगढीमा १९ वडा रहेका छन् । सबै वडाको मत पेटीका पुगेर भोलि मतगणना गर्ने तयारी भएपछि नाराबाजी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

युवाहरुले आजै रातिबाट सर्वदलीय बैठक बसेर मतगणनाको माग गरेका थिए । यता घोडाघोडी नगरपालिकामा पनि रातिनै मतगणना गर्नमाग गरेकामाथि प्रहरीले लाठी चार्ज गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर