मतदानपछि उपाध्यक्ष पौडेलले भने– एमाले शक्तिशाली स्थानीय सरकार निर्माण गर्न चाहन्छ – Nepal Press

मतदानपछि उपाध्यक्ष पौडेलले भने– एमाले शक्तिशाली स्थानीय सरकार निर्माण गर्न चाहन्छ

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले यही निर्वाचनको माध्यमबाट संविधानले परिकल्पना गरेको विकास, समृद्धि र समाजवाद प्राप्त गर्न चाहेको बताएका छन् ।

बुटवलस्थित सडक डिभिजन मतदान केन्द्रमा शुक्रबार मतदानपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपाध्यक्ष पौडेलले संविधानको परिकल्पना पूरा गर्न पनि निर्वाचनको भूमिका बताए ।

लोकतन्त्रको उच्चतम अभ्यास निर्वाचनमार्फत भइरहेको उनको भनाइ छ ।

पौडेलले स्थानीय तह निर्वाचनको माध्यमबाट एमालेले शक्तिशाली स्थानीय सरकार निर्माण गर्न चाहेको बताए ।

बुटवल उपमहानगरमा पाँच दलीय सत्ता गठबन्धनका मेयर उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेले मतदाताको माया, विश्वास र मत पाउनेमा आफू विश्वस्त रहेको बताए । पाण्डेले पनि सडक डिभिजन मतदान केन्द्रमा मतदान गरेका थिए ।

त्यसैगरी एमालेका मेयर उम्मेदवार बाबुराम भट्टराईले पार्टीप्रति माया गर्ने र अन्य धेरै स्थानीयको आफूप्रतिको उत्साहले आफूनो जित निश्चित बनाएको बताए ।

भट्टराईले बुटवल ६ चाँदबारीस्थित खानेपानी मतदान केन्द्रमा मतदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *