३० जना मतदाता बोकेको जीप दुर्घटना, मानवीय क्षति भएको आशंका – Nepal Press

३० जना मतदाता बोकेको जीप दुर्घटना, मानवीय क्षति भएको आशंका

रूपन्देही । स्याङ्जाको वालिङ १४ सिख्रेमा मतदाता लिएर आएको जीप पल्टिँदा ठूलो संख्यामा हताहाती भएको आशंका गरिएको छ ।

करिब ३० जना बोकेको सो जीप बाटोबाट १ सय ५० मिटर तल खसेको छ ।

कच्ची बाटोमा धेरै सहभागी रहेको र बाटोबाट धेरै तल खसेकाले धेरै क्षति भएको हुनसक्ने स्थानीय चक्रपाणी डुम्रेले जानकारी दिए ।

अहिले स्थानीय र सुरक्षाकर्मीले उद्वार सुरू गरेका छन् । घटनाको विवरण आइसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *