ओखलढुंगाको चम्पादेवीमा झडप, प्रहरीद्वारा ९ राउण्ड हवाई फायर – Nepal Press

ओखलढुंगाको चम्पादेवीमा झडप, प्रहरीद्वारा ९ राउण्ड हवाई फायर

काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा मतदान गर्ने विषयलाई लिएर नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले ९ राउण्ड हवाई फायर गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

चम्पादेवी गाउँपालिका–९ स्थित जीवन ज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदाताको लाइन मिलाउने क्रममा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सुचना अधिकारी प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए ।

दोहोरो झडपपछि त्यहाँ तत्काललाई मतदान कार्य स्थगित भएको र मतदान सुचारु गर्ने विषयमा सर्वदलीय बैठकका लागि पहल भइरहेको उनले बताए ।

अहिले अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *