वृद्धवृद्धाको उत्साह: कोही लौरो टेक्दै, कोही ह्वील चेयरमा – Nepal Press

वृद्धवृद्धाको उत्साह: कोही लौरो टेक्दै, कोही ह्वील चेयरमा

काठमाडौं । स्थानीय चुनाव २०८९ देशभर जारी छ । सबै उमेर समूहका मतदाता स्थानीय चुनावमा उत्साहपूर्वक सहभागी भइरहेका छन् ।

पाँच वर्षका लागि स्थानीय तहको नेतृत्व कसलाई सुम्पिने भन्ने तय हुने भएकाले यस चुनावमा आम जनताको प्रत्यक्ष चासो र सरोकार रहन्छ । त्यसैले आफूले रोजेका जनप्रतिनिधि छनोट गर्न आज बिहानैदेखि मतदान केन्द्रहरुमा मतदाताहरु लाइन लागेका थिए ।

मतदाताहरुको लाइनमा उमेरले ‘डाँडामाथिको घाम’ भएका प्रौढ नागरिकहरु पनि देखिएका छन् । उनीहरु परिवार तथा आफन्तको सहारामा भोट खसाल्न आइरहेका छन् । कोही लौरो टेक्दै त कोही ह्वील चेयरमा आएका देखिन्थे । उनीहरुलाई छोराछोरी वा सहयोगीले मत खसाल्ने तरिका पनि सिकाइरहेका थिए ।
हेर्नुस केही नेपालप्रेसका फाेटाे पत्रकार उमेश कार्कीले खिचेका तस्वीर :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *