न्युजिल्यान्डका पूर्व कप्तान म्याककुलम बने इङ्गल्यान्डका टेस्ट प्रशिक्षक
लन्डन । न्युजिल्यान्डका पूर्व कप्तान तथा विस्फोटक ब्याट्सम्यान ब्रेन्डन म्याककुलम इङ्गल्यान्डको टेस्ट टोलीका प्रशिक्षक बन्ने भएका छन् ।
बीबीसीका अनुसार इङ्गल्यान्ड क्रिकेट बोर्डले म्याककुलमलाई जिम्मेवारी दिने निश्चित भएको छ । ४० वर्षीय म्याककुलुम यसै साताभित्र नियुक्त भइसक्ने बिबिसीले उल्लेख गरेको छ ।
म्याककुलुम हाल इन्डियन प्रिमियर लिग (आइपिएल) क्लब कोलकाता नाइट राइडर्सका प्रशिक्षक रहेका छन् । म्याककुलमले इङ्लिस टोलीमा क्रिस सिल्भरउडको स्थान लिनेछन् ।
टोलीको खराब प्रदर्शनपछि सिल्भरउडले गत फेब्रुअरीमा जिम्मेवारी छाडेका थिए । इङ्ल्यान्डले टेस्ट क्रिकेटमा पछिल्ला १७ मध्ये केवल एक खेल जितेको छ ।
सन् २०१९ मा खेलाडी जीवनबाट सन्न्यास लिएका म्याककुलमले प्रथम श्रेणी क्रिकेटमा प्रशिक्षण नगरे पनि न्युजिल्यान्डका लागि एक सय एक टेस्ट खेल खेलेका थिए ।
उनले टेस्ट क्रिकेटमा १२ शतक र ३१ अर्धशतक बनाएका छन् भने एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५ शतक र ३२ अर्धशतक बनाएका छन् । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको २ अर्धशतक र १३ अर्धशतक रहेको छ।