नेपाली टेबल टेनिस टिम फाइनलमा
नेपाल प्रेस
२०७९ वैशाख २७ गते १५:४८
काठमाडौं। माल्दिभ्सको मालेमा जारी दक्षिण एशियाली जुनियर तथा क्याडेट टेबल टेनिसमा नेपाल फाइनल प्रवेश गरेको छ ।
नेपाली क्याडेट गल्र्स टिमले श्रीलङकन क्याडेट गल्र्स टिमलाई सेमिफाइनलमा ३-१ को जित निकाल्दै फाईनल प्रवेश गरेको अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराएका छन् ।
नेपाली टोलीले उपाधीका लागि फाइनलमा भारतको सामना गर्नेछ । पहिलो खेलमा नेपालले बंगलादेशलाई ३-० को नतिजामा पराजित गरेको थियो ।
प्रतिक्रिया