सेयर बजारमा हरियाली, ४४ अंकले वृद्धि – Nepal Press

सेयर बजारमा हरियाली, ४४ अंकले वृद्धि

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । आज सेयर बजार ४४.१६ अंकले वृद्धि भएको हो । १.९५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २३१२ अंकमा पुगेको हो ।

१ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४ सयको सेयर कारोबार भएको छ । २ सय २६ वटा कम्पनीका ३३ लाख ३० हजार १ सय ५० कित्ता सेयर आज खरिदबिक्री भएको हो ।

आज ३ वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बरुण हाइड्रो, ङादी ग्रुप पावर र जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

आज ङादी ग्रुप पावर लिमिटेडको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको आज ९ करोड ९८ लाख ३ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *