जिम्बावेले नेपाललाई दियो २१४ रनको लक्ष्य, किशोरको खातामा ५ विकेट – Nepal Press

जिम्बावेले नेपाललाई दियो २१४ रनको लक्ष्य, किशोरको खातामा ५ विकेट

काठमाडौं । जिम्बावे ए ले नेपाललाई २ सय १४ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा एकदिवसीय श्रृङखलाको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको जिम्बावे ए ले ३२.१ ओभरमा सबै विकेट गुमाएर २ सय १३ रनको योगफल तयार पार्यो ।

९ः३० बजे सुरु हुने खेल ओसिलो मैदानका कारण समयमा टस हुन नसक्दा ३३ ओभरमा घटाइएको थियो ।

जिम्बावे ए का ओपनर टाडीवान्से मारुमानीले सर्वाधिक ५० रनको योगदान गरे । उनले ३१ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर इन्नोसेन्ट किया १२ रनमा आउट हुँदा कुदजाई माउन्जेले ३४ बलमा ४ चौका र २ छक्कासहित ३९ रन बनाएर पभेलियन फिर्किए ।

चौथो नम्बरमा क्रिजमा आएका रोए कियाले ३६ रन जोडे । कप्तान टोनी मुयोङगा २४ रनमा आउट हुँला जोनाथान काम्पबेल ३ रनमा आउट भए भने चेफास जुवावोले १६ रनको योगदान गरे । लुके जोङवे १९ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

नेपालको वलिङमा किसोर महत्तोले सर्वाधिक ५ विकेट लिए । उनले ७ ओभर वलिङ गर्दै १ मेडनसहित ४३ रन खर्चिए । सोमपाल कामी २ तथा दिपेन्द्र सिंह ऐरी र करण केसीले समान एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर