टी-२० र एकदिवशीय वरियतामा नेपाल एक स्थान खस्कियो
नेपाल प्रेस
२०७९ वैशाख २१ गते १९:०६
काठमाडौं । एकदिवशीय र टी-२० अन्तर्राष्ट्रियको वरियताक्रममा नेपाल एक स्थान खस्किएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) ले बुधबार निकालेको ताजा वरियताक्रममा नेपाल टी-२० अन्तर्राष्ट्रियमा १३ औँ स्थानमा रहेको छ ।
यसअघि १२ औँ स्थानमा थियो । यस्तै एकदिवशीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल १९ औँ स्थानमा रहेको छ। यसअघि १८ औँ स्थानमा रहेको थियो ।
प्रतिक्रिया