खेलाडी–प्रशिक्षक विवाद: एन्फाले हटायो छानबिन समिति गठन गरेको समाचार – Nepal Press

खेलाडी–प्रशिक्षक विवाद: एन्फाले हटायो छानबिन समिति गठन गरेको समाचार

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले खेलाडी र प्रशिक्षक विवादको छानबिन गर्न एक सदस्यीय छानबिन समिति गठन गरेको समाचार प्रकाशित गरेको केहीबेरमा हटाएको छ ।

बुधबार एन्फाले पूर्वफुटबल खेलाडी तथा नेपाली सेनाका अवकाश प्राप्त मेजर जनरल भिक्टर राणाको संयोजकत्वमा एक सदस्यीय छानबिन समिति गठन गरेको भन्ने समाचार आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशित गरेको थियो ।

उक्त समाचारमा एन्फाले छानबिन समितिलाई समस्याको पहिचान गरी सत्यतथ्य पत्ता लगाई सुझावसहित प्रतिवेदन बुझाउन एक हप्ताको समय दिएको बताएको थियो ।

अर्को वर्ष चीनमा हुने एसियन कप छनोटको तयारीका क्रममा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलाडीलाई बन्द प्रशिक्षण छोड्न भनेको बताउँदै गत बुधबार १० खेलाडी प्रशिक्षणबाट बाहिरिएका थिए । तर, मुख्य प्रशिक्षक अल्मुताइरीले उनीहरु भागेको प्रतिक्रिया दिँदै आइरहेका छन् ।

सोही विषयलाई लिएर खेलाडीहरुले आफूहरुलाई प्रशिक्षण छाड्न भनिएको र यसबारे टीम अफिसियलहरुलाई जानकारी गराएको दाबी गर्दै एन्फालाई ज्ञापनपत्र बुझाएका थिए ।

खेलाडीहरु स्पस्ट छानबिनको माग गर्दै विभिन्न निकाय धाइरहेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरीले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई पनि विवादबारे पत्र पठाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर