५८ करोडको गाउनमा खुलेकी किम ! – Nepal Press

५८ करोडको गाउनमा खुलेकी किम !

न्यूयोर्क । विश्वको सबैभन्दा लोकप्रिय फेसन इभेन्ट ‘मेट गाला–२०२२’ सोमबार न्यूयोर्कमा भएको थियो । हलिउडको लोकप्रिय फेसन इभेन्ट ‘मेट गाला २०२२’ मा धेरै सेलिब्रेटीहरू शानदार र अनौठो पोशाकमा रेड कार्पेटमा देखिएका थिए।

यसैबीच हलिउड सेलेव्रिटी किम कार्दसियन अहिले चर्चामा छिन् । किम आफ्ना प्रेमी पीट डेभिडसनसँग मेट गाला २०२२ मा पुगिन् । यसपटक किमको ग्ल्यामरभन्दा पनि उनको तौल घटाउने विषयमा चर्चा भयो । किमले मेट गालामा मर्लिन मुनरोको लुक्स दिएकी थिइन् ।

उनले तीन हप्तामा १६ पाउण्ड (लगभग साढे ७ किलो) तौल घटाएकी छन् । यो टाइट स्क्वीज साइजको गाउनमा किम एकदम फिट देखिएकी छिन् । किमले आफ्नो गाउनसँगै सेतो फर कोट लगाएकी थिइन् । गोरो कपालको रंगलाई स्लीक बन आकारको हेयरस्टाइल दिइएको थियो।

किम कार्दसियनले पनि इन्स्टाग्राममा आफ्नो तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘म मार्लिन मुनरोको यो प्रतिष्ठित पोशाक लगाउन पाउँदा सम्मानित महसुस गर्छु।यो आश्चर्यजनक स्किनटाइट गाउन कोस्टुमियर जीन लुइसले ६ हजार क्रिस्टलले सजाइएको हो।’

रिपोर्टहरूका अनुसार, यस पोशाकको मूल्य ४.८ मिलियन डलर अर्थात् नेपाली ५८ करोड रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *