जितको स्वाद चाख्न पहिला हार्न जरुरी हुन्छ : कप्तान सन्दीप – Nepal Press

जितको स्वाद चाख्न पहिला हार्न जरुरी हुन्छ : कप्तान सन्दीप

काठमाडौैं । जिम्बावे ए सँग टी–२० सिरिजको पहिलो खेलमा पराजित भएपछि कप्तान सन्दीपले खेलमा कहिले काहीँ हार्न एकदमै जरुरी हुने र हारको स्वाद नचाखी जित कस्तो हुन्छ थाहा नहुने प्रतिक्रिया दिएका छन् ।

‘कहिले काहीँ हार्न जरुरी हुन्छ यसले हामीलाई दह्रो भएर पुनरागमन गर्न मद्दत गर्छ । खेलाडीको रूपमा मलाई के लाग्छ भने हार्नु जीवनमा एकदमै जरुरी कुरा हो । हारको स्वाद नचाखी जित कस्तो हुन्छ थाहा हुँदैन, उनले खेल पछि आयोजित पत्रकार सम्मेलनमा बताए ।’

यस्तै, उनले जिम्बावेले नेपालले भन्दा धेरै राम्रो प्रदर्शन गरेको र आफ्नो टिमले बलिङमा सोचेजस्तो प्रदर्शन नगरेको बताएका छन् ।

‘हामीले स्विकार्नु पर्छ जिम्बावेले हामीले भन्दा राम्रो खेलेको हो । पावर प्ले भन्दा पनि हाम्रो फिनिसिङ राम्रो हुन सकेन । बलिङमा अझै राम्रो गर्न सक्थ्यौँ । विकेटहरू निकाल्न सक्थ्यौँ तर जिम्बावेका कप्तानले साँच्चै नै राम्रो प्रदर्शन गरे, उनले भने ।’

घरेलु मैदानमा आयोजित टी–२० सिरिजको पहिलो खेलमा नेपाल जिम्बावे‘ए’ सँग ६ विकेटले पराजित भयो । टस हारे पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार पारेको थियो ।

नेपालले दिएको विजयी लक्ष्य जिम्बावे ए ले १८.५ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो ।

नेपालले दोस्रो टी–२० खेलमा जिम्बावेसँग सोमबार प्रतिस्पर्धा गर्दै छ ।

टी–२० सिरिज पछि नेपालले जिम्बावे ए सँगै तीन खेलको एक दिवसीय सिरिज खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर