वर्षमानको दाबी- गठबन्धन ओली हराउन हो, त्यसपछि कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुन्छ – Nepal Press

वर्षमानको दाबी- गठबन्धन ओली हराउन हो, त्यसपछि कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुन्छ

‘रोल्पामा माओवादी हराउन एमालेले ६ वटा पालिकामा विप्लवसँग गठबन्धन गर्‍यो’

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अहिलेको सत्ता गठबन्धन केपी ओली प्रवृत्तिविरुद्ध रहेको भन्दै ओलीलाई चुनावमा हराइसकेपछि कांग्रेस र माओवादीबीचमा प्रतिस्पर्धा हुने दाबी गरेका छन् ।

मे दिवसका अवसरमा माओवादी निकट मजदुर संगठनको कार्यक्रममा नेता पुनले ओलीलाई परास्त गरेपछि यो गठबन्धन सधैँ नरहने बताए । उनले एमालेभित्र पनि ओली प्रवृत्तिबाहेक अरु भोलिका दिनमा माओवादीसँगै मिल्ने दाबी गरे ।

पुनले भने, ‘केपी ओली वामपन्थी होइनन्, अहिले लोकतन्त्रको रक्षका लागि भएको गठबन्धन सधै रहने भन्ने होइन । उपलब्धिको रक्षाप्रति हामी प्रतिस्पर्धा गर्छौं । तर, ओली प्रवृतिलाई परास्त गरेपछि मात्र ।’

नेता पुनले एमाले एक्लै क्वीन्टल हो भन्ने ओली वेट नपुगेर कांग्रेसले कारबाही गरेका गोविन्दराज जोशीदेखि कमल थापासमेतलाई ढक थप्दै हिँडेको आरोप लगाए । पुनले रोल्पामा एमालेले माओवादी हराउन ६ वटा पालिकामा विप्लव समूहसँग गठबन्धन गरेको बताए ।

प्रतिक्रिया

One thought on “वर्षमानको दाबी- गठबन्धन ओली हराउन हो, त्यसपछि कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुन्छ

  1. काँग्रेसकाे पाउमा परेर पार्टी सिध्दिन लागिसक्याे । अब माओवादी त सकिने हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर